लन्डन । ब्रिटेन-नेपाल च्याम्बर अफ कमर्समा नयाँ नेतृत्व चयन भएको छ । बेलायत स्थित नेपाली व्यवसायीहरुको संगठन, ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स (बिएनसीसी), को अध्यक्षमा डा. कपिल रिजाल सर्वसम्मत चुनिएका छन् । मंगलबार सांझ लन्डनमा बसेको संस्थाको वार्षिक साधारणसभाले बेलायतको सरी हिथ पार्लियामेन्ट्री विजनेश क्लब (स्ट्रेन्जेज ग्यालरी) का अध्यक्ष डा. रिजाललाई बिएनसीसी अध्यक्षमा चयन गरेको हो ।
बेलायतका एक सफल दन्त चिकित्सक डा. रिजाल प्रोपर्टी व्यवसायी र म्यूजिक भिडियो निर्देशक तथा निर्माता पनि हुन् । उनी नेपालका प्रसिद्ध चिकित्सक डा. भोला रिजालका सुपुत्र हुन् । अध्यक्षको जिम्मेवारी पाएपछि डा. रिजालले बेलायतबाट नेपालमा लगानी भित्रयाउन पहल गर्ने, दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउने, विभिन्न ट्रेड डेलिगेशनमार्फत व्यापार तथा लगानीका सम्भाव्यता पहिल्याउने र सेमिनार तथा अन्तरक्रिया आयोजना गर्ने प्रतिवद्धता व्यक्त गरे ।
नयां कार्यसमितिको बैठकले छिट्टै भावी कार्यक्रमबारे तय गर्ने पनि उनले जानकारी दिए । साधारणसभाले उपाध्यक्षद्वयमा बिराज भट्ट र अलान मर्सेल सान्का, कोषाध्यक्षमा इन्द्र गिरी, अनरेरी चिफ एक्जुकेटिभमा रिचार्ड पेलीलाई चयन गरेको छ । त्यसैगरि कमिटी सदस्यहरुमा दीपक श्रेष्ठ, नाडिया विलियम्स्, सन्तोष मण्डल, अन्जानी फुयाल, बीपी खनाल, बसन्त नेपाल र कमल पौडेल छानिएका छन् । आदम गिलक्रिस्ट अनरेरी प्रेसिडेन्टमै रहेका छन् भने एन्थोनी विलर र राजन कंडेललाई अनरेरी उपाध्यक्षमा राखिएको छ । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी बिएनसीसीको संरक्षक छन् । साधारणसभामा निवर्तमान अध्यक्ष राजन कंडेलले संस्थाले गरेका गतिविधिबारे प्रकाश पारेका थिए । कोषाध्यक्ष इन्द्र गिरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरे ।
कार्यक्रममा दूतावासका थर्ड सेक्रेटरी तेजेन्द्र रेग्मीले दूतावासले विगतमा पनि बिएनसीसीसंगको सहकार्यमा नेपाल विकास सम्मेलन लगायत कार्यक्रम गरिसकेको र भावी दिनमा उस्तै सहकार्य रहने विश्वास व्यक्त गरे । उनले नेपाल सरकारले समृद्ध नेपाल, सुखी नेपालीको नारासहित विकासशील देश बनाउने योजना तय गरिसकेकाले यसमा बिएनसीसीको महत्वपूर्ण भूमिका हुने विश्वास व्यक्त गरेका थिए ।कार्यक्रममा पत्रकार नबिन पोखरेल , शिब भण्डारी,सपन इन्टरटेनमेन्ट लिमिटेडका प्रवन्ध निर्देशक सपन राई लगायत अन्य सदस्य तथा अतिथिहरुको उपस्थिति थियो ।
कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरुलाई पदभार ग्रहण गराइएको थियो । नयाँ कार्यसमितिले २०१९-२०२१ को कार्यभार सम्हाल्नेछ ।
Source: Londonnepalnews
Leave a Reply